काठमाडौं । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले ‘आइफोन १८ प्रो सिरिज लक्की ड्र’का विजेतालाई पुरस्कार वितरण गरेको छ ।
काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा बम्पर पुरस्कारसहित १९ जना विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
लक्की ड्रको बम्पर पुरस्कार २५ लाख रुपैयाँ बेगम तुम्रोकले जितेका छन् । कम्पनीका अनुसार जीनेक्स्टको आधिकारिक माध्यमबाट आइफोन खरिद गर्ने ग्राहकलाई यस अभियानमा सहभागी गराइएको थियो ।
अभियानमा सहभागी हुन ग्राहकले क्यूआर कोड स्क्यान गरी खरिद विवरण र बिल अनलाइनमार्फत अपलोड गर्नुपर्ने व्यवस्था थियो ।
बम्पर पुरस्कार विजेता तुम्रोकसँगै अन्य १८ जनाले पनि पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउने अन्य विजेतामा तापेन्द्र कुँवर, एआर कन्स्ट्रक्सन, राजकुमार शाहु, अभिषेक गुप्ता, शौर्य चन्द, क्रिस्टल पर्दा हाउस एन्ड होम डेकोर, राजन, सर्भिन श्रेष्ठ, सलाम जित लामा, कमलबहादुर सिउन्थानी, विनय यादव, झनक खड्का, राजेन्द्र भट्टराई, पंकज अग्रवाल, अभिषेक कुमार सोनकर, दिब्य बिजुक्छे श्रेष्ठ, सञ्जय राजवंशी र खगेन्द्रप्रसाद राई छन् ।
कार्यक्रममा कम्पनीका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति थियो । कम्पनीले अभियानमा सहभागी सबै ग्राहकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि ग्राहक लक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया