राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

कुल ऋणपत्रमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षण गरिएको छ ।

यस ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम भने उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?