एनपीएल : आज विराटनगर-चितवन र जनकपुर-कर्णाली भिड्दै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ः०० बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी चार टोलीमध्ये हालसम्म जनकपुर बोल्ट्सले मात्र उपाधि जितेको छ । यसपटक जनकपुर आफ्नो पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यसहित मैदानमा उत्रनेछ । अर्कातर्फ कर्णाली याक्स पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।

आजको पहिलो खेलमा भिड्ने विराटनगर किङ्ग्स र चितवन राइनोज पनि उपाधि जित्ने योजनासहित प्रतिस्पर्धामा उत्रनेछन् । दुवै टोलीका लागि आजको खेल प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने अवसर हुनेछ ।

यसपटकको एनपीएलमा केही नयाँ व्यवस्था थपिएका छन् । पहिलोपटक प्रतियोगितामा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागू गरिएको छ । यसले खेलका क्रममा अम्पायरका निर्णय पुनरावलोकन गर्ने सुविधा प्रदान गर्नेछ ।

यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ। क्यानले प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गरेको जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?