काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ ।
कम्पनीले क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याएको यस प्याकेजमा दैनिक ८ जीबी डेटा र अलनेट भ्वाइस कल सुविधा उपलब्ध गराइएको छ ।
नेपाल टेलिकमका प्रिपेड र पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कलका साथै प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। एकपटक खरिद गरेपछि प्याकेजको अवधि ३० दिन रहनेछ । पोस्टपेड प्रयोगकर्ताले प्याकेज खरिद गर्दा लाग्ने शुल्क आफ्नो मासिक भाडा शुल्कमै समावेश हुने व्यवस्था गरिएको छ ।
प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट १४१५९३ डायल गर्न वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा आधिकारिक दूरसञ्चार साझेदारका रूपमा आबद्ध छ । नेपाली खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया