के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
49
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?