१८ घण्टामै ‘आ बाट आमा-२’को ट्रेलरले पायो १७ लाखभन्दा बढी भ्युज

लोकपथ
35
Shares

काठमाडौं । चलचित्र ‘आ बाट आमा–२’को ट्रेलर सार्वजनिक भएको १८ घण्टामै १७ लाखभन्दा बढी पटक हेरिएको छ ।

पल शाह मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।

पारिवारिक प्रेम र सम्बन्धको कथा समेटिएको ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । ट्रेलरमा पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ र प्रदीप रावतलगायत कलाकार छन् ।

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

गत वर्ष बक्सअफिसमा सफल भएको चलचित्र ‘आ बाट आमा’को सिक्वेलका रूपमा ‘आ बाट आमा–२’ निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?