भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ सुरु

लोकपथ
42
Shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।

‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत आयोजना गरिएको कार्निभल आजदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

कार्निभलमार्फत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पुरानो मोटरसाइकल एक्सचेन्ज गर्न चाहने ग्राहकले २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् ।

त्यससँगै ग्राहकले नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधासमेत प्राप्त गर्नेछन् ।

कार्निभलमा मोटरसाइकल खरिद तथा एक्सचेन्जसँगै विभिन्न मनोरञ्जनात्मक र सहभागितामूलक गतिविधि पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । ‘शो योर पावर’ लगायतका गतिविधिमार्फत ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा रमाइलो गर्ने अवसर प्रदान गरिनेछ ।

बजाजका अनुसार ‘गेम अफ पावर’ अभियानले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ । एक्सचेन्ज कार्निभलमार्फत ग्राहकलाई पुरानो मोटरसाइकलबाट नयाँ बजाजमा अपग्रेड हुने प्रक्रियालाई सहज र आकर्षक बनाउने कम्पनीको लक्ष्य छ ।

कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप पुगेर एक्सचेन्ज तथा उपलब्ध अफर र सुविधाबारे जानकारी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?