एनसेलका ग्राहकलाई सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । सामसङ नेपालले एनसेलसँगको सहकार्यमा दशैँ विशेष अफर ल्याएको छ । यस अफरअन्तर्गत एनसेलका ग्राहकले छानिएका सामसङका टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्दा ३१ प्रतिशतसम्मको लाभ पाउनेछन् ।

सामसङको चाडपर्व अफरमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । सामसङको चाडपर्व अफर र एनसेलको छुट जोड्दा योग्य सामान खरिदमा कुल ३१ प्रतिशतसम्मको लाभ लिन सकिनेछ ।

‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा१’ नारासहित सञ्चालन भइरहेको सामसङको चाडपर्व अफरलाई एनसेलसँगको सहकार्यले थप आकर्षक बनाएको कम्पनीको भनाइ छ । यसबाट दशैंका बेला घरायसी सामान खरिद गर्ने ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो अफर लिन ग्राहकले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफूलाई उपलब्ध छुटबारे जानकारी लिन सक्नेछन् । एनसेलका प्याकमा गर्ने खर्चका आधारमा ग्राहकले पाउने छुट फरक हुन सक्ने कम्पनीले जनाएको छ ।

एपमा आफ्नो लागि उपलब्ध अफर हेरेपछि ग्राहकले अफर कोड लिनुपर्नेछ। उक्त कोड प्रयोग गरेर नजिकैको सहभागी सामसङ आधिकारिक विक्रेताबाट योग्य सामान खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार यो अफर छानिएका सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?