काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन २.३१ अंकले बढेको नेप्से परिसूचक आज ४ अंकले बढेर २ हजार ५९५.८१ बिन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार ३५४ वटा कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् ।
गत शुक्रबार ३५४ वटा कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज जीवन बीमा, फाइनान्स र विकास बैंक समूहका उपसूचक बढेका छन् । व्यापार समूहको उपसूचक १.०२ प्रतिशत र वाणिज्य बैंक समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बाँकी सबै उपसूचक भने घटेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । स्नो रिभर्स लिमिटेडको सेयर मूल्य पनि १३.९२ प्रतिशतले बढेको छ । यता, रिज लाइन इनर्जीको सेयर मूल्य सर्वाधिक ६.२९ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया