महिन्द्रा बीई सिक्समा दशैँ अफर : नगद छुट, एक्सचेन्ज बोनसदेखि तत्काल डेलिभरीसम्म

लोकपथ
28
Shares

काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्रालिले दशैंलाई लक्षित गर्दै विद्युतीय एसयूभी महिन्द्रा बीई सिक्समा विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार तीनवटा भेरियन्टमा उपलब्ध बीई सिक्सको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ रहेको छ । दशैँ अफरमा गाडी खरिद गर्ने ग्राहकले विभिन्न ९ वटा सुविधा पाउनेछन् ।

अफरअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस र बैंक तथा वित्तीय संस्थामार्फत कर्जा सुविधा उपलब्ध गराइनेछ । पुरानो गाडी साटेर नयाँ बीई सिक्स खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि राखिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले ७ किलोवाट र ३ किलोवाटका दुईवटा चार्जर निःशुल्क पाउनेछन् । गाडीसँगै स्पेयर टायर, म्याटलगायतका एसेसरिज पनि निःशुल्क दिइनेछ ।

कम्पनीका अनुसार बुकिङ गरेपछि लामो समय कुर्न नपर्ने गरी तत्काल डेलिभरीको व्यवस्था गरिएको छ । ग्राहकले उपहार प्याकेज र पहिलो वर्षको वार्षिक कर छुटसमेत पाउनेछन् ।

बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको विद्युतीय मोटर छ । मोटरले अधिकतम ३८० न्यूटन मिटर टर्क उत्पादन गर्छ । गाडीलाई १७५ किलोवाटको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ ।

गाडीको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसको ह्वीलबेस २७७५ एमएम, ग्राउण्ड क्लियरेन्स २०७ एमएम र बुट स्पेस ४५५ लिटर रहेको छ ।

गाडीमा १२.३ इन्चका दुईवटा स्क्रिन, स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज दिइएको छ । इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा बढी एप उपलब्ध छन् ।

त्यस्तै, हर्मन कार्डनका १६ वटा स्पिकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, ५जी कनेक्टिभिटी, पानारोमिक सनरुफ, वायरलेस चार्जर र ३६० डिग्री क्यामेरा पनि रहेका छन् ।

सुरक्षाका लागि लेभल–२ एडीएएस प्रविधि र सातवटा एयरब्याग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?