साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता

लोकपथ
0
Shares
सहायता सामग्री हस्तान्तरणः काठमाडौँ, २२ असोजः नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिर बिहीबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री हस्तान्तरण गर्नुहुँदै । तस्बिर सौजन्यः साउदी दूतावास/रासस

काठमाडौं । साउदी अरबले नेपाललाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ ।

साउदी अरबको राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत उपलब्ध गराइएको सहायता सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

सहायता सामग्री हस्तान्तरण गर्दै मन्त्री पुनले सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गरे । उनले उक्त सहयोगले नेपाल र साउदी अरबबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए ।

केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी सहायता सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई वितरण गर्ने नेपालस्थित साउदी राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?