काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री खुला गरेको हो ।
संस्थापक शेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया