सामसङ ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा, कति पर्छ मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए०८ एलटीई’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम बजेटमा एआई सुविधा, राम्रो कार्यक्षमता, सुरक्षा र लामो समय टिक्ने ब्याट्री चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फोन ल्याएको हो ।

ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले रहेको छ । फोन ८ मिलिमिटर पातलो छ । यो डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रङमा उपलब्ध हुनेछ ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसले लामो समयसम्म भिडियो हेर्न, सामाजिक सञ्जाल चलाउन तथा गेम खेल्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

फोनलाई धूलो, फोहोर र पानीका छिटाबाट जोगाउन आईपी६४ रेटिङ दिइएको छ । त्यस्तै, सामसङले यस फोनमा ६ पुस्तासम्मको ओएस अपग्रेड र ६ वर्षसम्मको सुरक्षा अपडेट दिने जनाएको छ ।

नेपाली बजारमा ग्यालेक्सी ए०८ एलटीई तीन भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ४० हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ४७ हजार ४९९ रुपैयाँ रहेको छ ।

सामसङले फोन खरिदका लागि १२ महिनाको ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ग्राहकले भेरियन्टअनुसार प्रतिमहिना १ हजार ७२५ रुपैयाँ, २ हजार ५० रुपैयाँ वा २ हजार ३७५ रुपैयाँ तिरेर नागरिकताको प्रमाणपत्रका आधारमा फोन खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?