नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई आवश्यक सामग्री सहयोग

लोकपथ
14
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ ।

असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले वृद्धाश्रमलाई अत्यावश्यक सामग्री उपलब्ध गराएको हो ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णा कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीसहित बैंक तथा आश्रमका पदाधिकारीहरूको उपस्थिति थियो ।

बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको जनाएको छ ।

यसैबीच, बैंकले सुनसरीको इटहरीमा रहेको आफ्नो शाखा स्थानान्तरण गरेको छ । इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको शाखालाई वडा नम्बर ९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरिएको हो ।

त्यस्तै, इलाम नगरपालिका–१ मा रहेको इलाम शाखालाई वडा नम्बर ७ स्थित इलाम बजारमा स्थानान्तरण गरिएको छ। दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेका छन् ।

नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले गरेका थिए । नयाँ स्थानबाट ग्राहकलाई थप सुविधा र सहज बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?