बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
126
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको हो ।

अघिल्लो दिन २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?