काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित आफ्नै घरमा निधन भएको हो ।
नाना पाटेकरलाई बिहान असहज भएपछि अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि बचाउन सकेनन् । उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो ।
मणिपाल अस्पतालका डा.शेखर सालकरका अनुसार उनको मृत्युको घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको छ । उनको पोस्टमार्टम गरिनेछ ।
नाना पाटेकर हिन्दी र मराठी चलचित्रका चर्चित अभिनेता थिए । उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘वेलकम’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
उनले ‘परिन्दा’बाट सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । त्यस्तै, ‘क्रान्तिवीर’बाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार र ‘अग्निसाक्षी’बाट पुनः सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए ।
चलचित्र क्षेत्रमा पुर्याएको योगदानका लागि भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया