कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् ।

राठौरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

सभापति पदमा गगन थापा पनि उम्मेदवार बन्ने तयारीमा छन् । यस्तै, सोमबार श्यामकृष्ण खड्कीले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?