कांग्रेस केन्द्रीय सदस्यमा मोहन आचार्यको उम्मेदवारी घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा ईन्जिनियर मोहन आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

आचार्य कांग्रेसका सांसद समेत हुन् । गत फागुन २१ को निर्वाचनमा रसुवाबाट प्रत्यक्ष चुनाव जितेका आचार्य हाल पनि केन्द्रीय सदस्य रहेका छन् ।

उनले १५औँ महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारीसहित प्रतिष्पर्धा गर्ने बताएका छन् ।

आचार्य कांग्रेसको त्यस्ता नेता हुन्, जो कांग्रेसका लागि कठिन मानिएका चुनावहरुमा समेत निरन्तर प्रत्यक्षमा जित्दै पार्टीको शाख जोगाउँदै आइरहेका छन् । ०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाका कारण कांग्रेसले धक्का खाएको थियो । तर प्रत्यक्ष २३ जना जित्दा त्यसमध्ये एक जना आचार्य थिए, जुन निर्वाचन उनका लागि संसदीय राजनीतिमा डेब्यू निर्वाचन थियो । त्यसपछिका दुई वटा निर्वाचनमा सानदार मत ल्याएर संसदीय निर्वाचन जितेका आचार्य आफ्नो जिम्मेवारीमा समेत प्रतिबद्ध रहेको नेता मानिन्छन् ।

गत फागुन २१ को निर्वाचनमा बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा निर्वाचन क्षेत्रमध्ये आचार्यले मात्र जित जोगाएका छन् ।

पेशाले इन्जिनियर आचार्य सभापति गगन थापाका क्लासमेट समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?