काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बहादुर सिंह लामाले १५औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामाले मंगलबार बिहान पत्रकार भेटघाटका क्रममा आफू सहमहामन्त्रीमा उम्मेदवारी दिएर अघि बढ्ने घोषणा गरेका हुन् ।
त्यसो त लामा विशेष महाधिवेशनपछि सहमहामन्त्री बनेका थिए ।
पार्टीलाई थप बलियो र सुदृढ बनाएर अघि बढाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
‘पूर्वाधार निर्माणदेखि आर्थिक स्रोतहरु जुटाउन धेरै कामहरु गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि आफूले धेरै अध्ययन गरेको र सोही अनुसार पार्टीलाई अघि बढाउन चाहन्छु,’ उनले भने ।
०५४ सालमा तत्कालीन मनकामना गाविसका गाविस अध्यक्ष हुँदै लामो समय राजनीति गरेका लामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया