कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म तोकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । यस्तै, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ ।
महाधिवेशनका लागि मतदाताको नामावलीसमते प्रकाशित भइसकेको छ । जसमा कुल ७,११४ जना मतदाता रहेको उल्लेख छ ।

प्राविधिक वा प्रक्रियागत कारणले छुट्न गएका नामावलीहरू अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने समितिले स्पष्ट पारेको छ । प्रकाशित नामावलीउपर कुनै दाबी, विरोध वा संशोधन आवश्यक भएमा समितिले तोकेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन पेस गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?