बागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

लोकपथ
70
Shares

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् ।

आलेमगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्री नियुक्त भएसँगै उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीको मागअनुसार आलेमगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । यसअघि सोही पार्टीका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भइसकेका छन् ।

एमालेका किरण थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारमा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबीच सत्तासाझेदारी रहेको छ ।

आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?