शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, को-को भए सहभागी ?

लोकपथ
0
Shares

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन् ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी भएका छन् ।

नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

यसअघि शुक्रबार काठमाडौंको टुँडिखेलमा संविधान दिवसको मुख्य समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?