काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल एकता हुने अवस्था नरहेको बताएका छन् ।
काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै पुनले एमालेसँग एकताका विषयमा बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताए । उनले विश्वासको वातावरण बने सहकार्य हुँदै एकतासम्म पुग्न सकिने बताए ।
‘अहिलेको अवस्थामा एमालेसँग एकता हुने ठाउँमा विषय पुगेको छैन । बाहिर आएका हल्लामा कुनै सत्यता छैन,’ उनले भने ।
पुनले संविधान निर्माणमा योगदान नगरेको दल अहिले सत्तामा रहेको भन्दै संविधानप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट धारणा हुनुपर्ने बताए ।
संविधान निर्माणमा योगदान दिएका तीन शक्ति अहिले सत्ताबाहिर रहेको र संविधान निर्माणमा योगदान नगरेको दल सत्तामा पुगेको उनको भनाइ थियो । उनले उक्त दलले संविधानको रक्षा गर्छ कि गर्दैन भन्ने विषय स्पष्ट नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया