काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपले एक करोड ५१ लाख सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आज कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गरे ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको छ ।
शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीका कारण शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरी उहाँहरूको उद्धार एवं पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकार समक्ष आग्रह पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया