एमएडब्ल्यू ग्रुपवारा सरकारलाई १ करोड ११ लाख आर्थिक सहयोग

लोकपथ
0
Shares

काठमाडौं । हालै रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको सहयोगका लागि एमएडब्ल्यू ग्रुपले सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सोमबार एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

‘यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने

प्रयास गर्दै आएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन । तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’

नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्ल्यू ग्रुपलेले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ ।

यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता रहेको र राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली जनताको साथमा उभिने निरन्तर प्रयास गरेको अध्यक्ष अग्रवालले बताए ।

यसैगरी कम्पनीले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?