शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार

लोकपथ
14
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।

आज शेयर बजारमा ३३ दशमलव २८ अंकको गिरावट आएको हो । अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव २१ प्रतिशतले बजार घट्दा बजार बिन्दु २ हजार ७ सय १ दशमलव ३२ अंकमा आइपुगेको छ ।

नेप्सेका अनुसार आज कुल १ करोड ३९ लाख २५ हजार ३ सय ३७ कित्ता शेयर ६ अर्ब ८ करोड, ८ लाख ६३ हजार ३ सय ५४ रुपैयाँमा कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये ३६ वटा मात्रै कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने बाँकी २३४ कम्पनीको शेयर मूल्य घट्दा ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन ।

आज कारोबारमा आएकामध्ये एभरेष्ट कलर लिमिटेड, गरिमा समृद्धी योजना, गोर्खाज फाइनान्स लिमिटेड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट डेभलबमेन्ट बैंक, ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

अघिल्लो कारोबार दिन नेप्सेको साइटमा आएको समस्याले कारोबार बन्द भएको १५ मिनेटमा शेयर बजार एकैपटक १ हजार बिन्दुले गिरावट आएको देखाएको थियो । त्यसले लगानीकर्ताहरुलाई त्रसित बनाए पनि केही बेरमा साइटको समस्या हल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?