एनएमबि बैंकले सार्वजनिक गर्यो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ , निःशुल्क डिजिटल बैंकिङ सुविधा

लोकपथ
21
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातवटै प्रदेशका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

बैंकले कोसी प्रदेशका लागि कोसी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बाग्मती प्रदेशका लागि बाग्मती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकलाई डिजिटल बैंकिङ तथा बचत संस्कृतितर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत पहिलो वर्षका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट तथा मेरोसेयर खाता दर्ता निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । साथै, अन्य थप सुविधासमेत ग्राहकहरूले प्राप्त गर्नेछन् ।

बैंकका अनुसार यस योजनामार्फत देशभरका ग्राहकलाई सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यलाई थप मजबुत बनाइएको छ ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?