काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइन सहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए । उनीहरुले कारको मालिक त धेरै जना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाईनै आफ्नो बनाउँछ भन्ने स्पष्ट सन्देश दिए । कुशाकचार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्तहुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो ।
यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ । १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध योएसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा DSG ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण रसहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ ।
साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ। यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।
नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ ।
साथै, Promise of 12 अन्तर्गत देशभरका १२वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ । यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिनावा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमलाईसम्बोधन गर्दै विष्णुकुमार अग्रवालले भने,‘ कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपालीसडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाईयुरोपेली मूल्य तिर्नबाध्य बनाएको छैन।यही नै यसको वास्तविक मूल्य हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया