काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको पोशाक लगाएको तस्बिर समेत देखाइ ठगी गर्ने इलामको इलाम नगरपालिका–१० घर भइ हाल काठमाडौं गल्कोपाखा बस्दै आएकी दिपिका तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई बिहीबार पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार ती महिलाले नेपाल प्रहरीको सहायक निरीक्षक भन्दै आफ्नो ई–सेवा तथा मोबाइल बैंकिङमा १५ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् ।
तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकारी क्षेत्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया