कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा एक तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।

कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?