मन्त्रिपरिषद् बैठक बस्दै, सशस्त्रका निलम्बित एआईजी दाहालबारे बर्खास्तको निर्णय हुनसक्ने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको छ ।

आज बस्ने बैठकले सशस्त्र प्रहरी बल नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

गत असोज १९ गते निलम्बनमा परेका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस भएको छ ।

एआईजी दाहाल निलम्बनमा परेसँगै सरकारले सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो । मानवस्रोत विभागमा कार्यरत एआईजी पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

एआईजी दाहालले सशस्त्र प्रहरी नियमावली–२०७२ विपरीतको काम गरेको समितिको निष्कर्ष छ । नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको ९क० मा सामान्यस सजाय राखिएको छ भने ९ख० मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ ।

जाँचबुझ समितिले एआईजी दाहालसँग बयान लिएको थियो । बयानमा दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट मानिएका बिचौलिया इनम सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेको स्रोतको भनाइ छ । दाहाल र इनम दुवैजना झापाका हुन् । यस्तै, पूर्वप्रधानन्यायाधीश जबरा र दाहाल नातामा ससुरा र ज्वाइँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?