जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको हो : प्रचण्ड

लोकपथ
77
Shares

सप्तरी ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको बताएका छन्  ।

जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेस आन्दोलनको जगमा निर्माण भएका दल भने बिस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरे । 

अध्यक्ष दाहालले सक्कली मधेसवादी आफ्नै दल भएको दाबी गरे । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेसवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।

‘हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेसवादी भनिएका दलहरूले नै उनलाई हराए, ‘अध्यक्ष प्रचण्डले भने,‘ विगतमा जे भए पनि अब माओवादी र मधेसका शक्ति एक ठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।’ उनले मधेसको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?