बनेपाको होटेलमा २३ वर्षीया युवती मृत अवस्थामा फेला

लोकपथ
4.6k
Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–८ स्थित भ्यू पाहुना घर होटेलमा २३ वर्षीया युवती मृत भेटिएकी छन् ।

मृत भेटिएकी युवती बनेपा नगरपालिका–६ सुडोल निवासी २३ वर्षीया शर्मिला श्रेष्ठ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार, होटेलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन् ।

उनी मृत भेटिएको कोठामा दुई वटा बेड छ ।

बेडको बीचमा उनको शव फेला परेको हो । प्रहरी निरीक्षक कुँवरका अनुसार, अनुसन्धानका क्रममा उनीसँगै सो कोठामा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको खुलेको छ ।

उनको खोजी भइरहेको छ । उनको नाम गोप्य राखिएको छ ।

प्रहरी निरीक्षक कुँवरले युवतीको हत्या भएको हो कि होइन भन्नेमा आफूहरु अनुसन्धानकै क्रममा रहेको बताए । ‘पोस्ट मार्टमपछि हत्या हो कि होइन खुल्छ, अहिले नै हत्या भन्न मिल्दैन ।’

मृत भेटिएकी युवती बनेपाकै एक मेडिकलमा कार्यरत रहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?