काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औं शोरुमको बिहीबार उद्घाटन गरेको हो ।
पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम संचालनमा ल्याउने लक्ष्य लिएको छ ।
पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो । इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ ।
अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज -याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिएको छ ।
पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया