नयाँदिल्ली । आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा परेपछि केजरीवालले भिडियो जारी गर्दै भारतका युवा जागिसकेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताएका छन् ।
केजरीवालले कथित मत चोरीको विषय उठाउँदै निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् । उनले जनताले अब मत चोरी सहन नसक्ने बताएका छन् ।
यसैबीच, आप नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले केजरीवालमाथि धकेलाधकेल गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया