काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवमसँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र सम्पन्न भएको छ ।
उक्त उपहार योजना अन्तर्गत पहिलो महिनाको उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको हो ।
प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २०० देखि ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको छ । त्यस्तै, सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो ।
यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्का बापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन ।
तेस्रो पुरस्कार अन्र्तगत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथोँ वापत पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया