बैतडीमा बस दुर्घटना,  पाँच जना घाइते

बैतडी ।  महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । 

दुर्घटनाको कारण भने खुलेको छैन् तर प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?