संखुवासभामा एकै परिवारका ६ जना मृत फेला : हत्या आशंका, प्रहरी घटनास्थल पुग्दै

लोकपथ
390
Shares

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जना मृत फेला परेका छन् । संखुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङमा एकै परिवारका ६ जना मृत फेला परेका इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

मृत फेला परेकाहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी घटना स्थल तर्फ जाँदै गरेको इप्रका चैनपुरले जनाएको छ ।

इप्रका चैतपुरबाट घटनास्थल ३ घण्टाको दूरीमा रहेको इप्रका चैनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?