शङ्कर दासकोटी दोहोर्‍याईरहन्छन् : ‘विजोग भो, बर्बाद भो !’

पशुपति नजिकै तिलगंगाको छेउमा रहेको एक टुक्रा खाली जग्गा छ ।

वृद्धवृद्धादेखी केटाकेटी सम्मको होहल्ला । धेरै भीड नभएपनि मानिसहरु भौलिक दूरी कायम नगरी आफ्नै तालमा यताउता गरिरहेका । पूर्वपट्टि निकै लामो भीड छ । बुझ्न कठिन भएन भोकले बिहान देखीे रन्थनिएर पेट भर्ने आशामा बसेकाहरुको प्रतिक्षा आजका लागि टरेको छ । करीब १ घन्टाको पर्खाइपछि आएको खाना यता उता पल्याकपुलुक्क हेर्दै आफ्नै धुुनमा खाने क्रम चलिरहेको थियो ।

त्यहि चौरमा एउटा मोटो रुख छ । फेदैमा सुस्ताइरहेका छन् एक परिवार । उनीहरुको ध्यान पेट भर्नुमा छ । थपेर भएपनि अटसमटस खाईएन भने भोकै परिने संभावना ज्यादा छ ।

श्रीमान् श्रीमती अनि २ जना छोराछोरी । उनीहरुको सिंगो परिवार छहारी लगाएको रुखमा टेकाइएको छ, बैशाखी । ३५ बर्षीया सुमीत्रादेवी दासकोटीको श्रीमान् खुट्टाको अप्रेसन गरेको ३ महिना मात्रै भएको कारण बैशाखीको सहारामा हिँडडुल गर्न सक्छन् ।

शिव शङ्कर दासकोटी । उमेर ४१ वर्ष । स्थायी घर सप्तरी जिल्ला । डेरा गरी उनी पशुपति छेउमा बस्दै आएका छन् । उनको परिवारमा श्रीमती, २ जना छोरा छोरी छन् । यहाँ उनी र श्रीमती बस्दै आएका छन् । स्थायी घर सप्तरीमा आमा सहित २ जना छोराछोरी बसोबास गर्छन् । निषेधाज्ञाको कारणले घरमा १ दानो अन्न पनि नभएपछि भोेकले रन्थनिदै बस्न बाहेक केहि विकल्प थिएन । अलिअलि भएको रासन पनि निषेधाज्ञाको १५ दिन नभई सकियो घरबेटिकोे थोरै सहयोगले श्वास अल्झाउदै थियौँ यतिकैमा कसैले यहाँ खाना बाँड्दै छ भनेर सुईको पाएर श्रीमती सहित २ छोराछोरी च्यापी वैशाखी टेकेर बिस्तारै आइपुगेका हौँ । उनले मलिन स्वरमा भने ।

शिवको मार्मिक कथा छ..

शिवको दाहिने खुट्टा घुँडाभन्दा तल पुरै काटिएको छ । पहिला राम्ररी हिँड्न सक्थे शिव । एक्कासी नसामा समस्या आएपछि उनलाई हिँडडुल गर्न गाह्रो हुन थाल्यो । उपचारको लागी विराटनगर, धरान, घोपा सबै चहारे तर काहिँकतै रोग पत्ता लागेन । अन्तिममा फेरी फर्केर विराटनगर नै पुगे त्यहाँ उनलाई नसामा समस्या छ, अप्रेसन गर्नुपर्छ भनेर डाक्टरहरुले सल्लाह दिए । त्यसपछि उनको दुखको श्रृङ्खला शुरु भयो । पहिला उनी एक्लै काठमाडौं छिरेका थिए । उनी हस्पीटल पनि गए तर हस्पीटलमा खुट्टा काट्नुपर्छ भनेपछि उनको होसहवास उड्यो । त्यो भन्दा दुख त अप्रेशनको लागी साढे ४ लाख लाग्छ भने पछि उनको जीवनमा कालो बादलले छपक्कै छोपेको महशुस भयो । एकातिर खुट्टा काट्नुपर्ने अर्कोतिर अप्रेशन खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता । शिब आफैँले धान्दै आएका घरपरीवार कसरी चलाउने भनेर उनी बडो तनावमा परे । सपनामा पनि नसोचेको बज्रपात उनको जीवनमा आइपर्योे । त्यसपछि आफ्नो ख्याल राख्न भनेर श्रीमतीलाई पनि बोलाए । २ जना अलिअलि हुर्कीएका छोरीलाई हजुरआमालाई छोडेर बालाखा २ छोराछोरी च्यापेर सुमीत्रादेवी काठमाडौं आएकी थिइन् ।

शिव र उनका परीवार पेट पाल्नकै लागी भनेर ३ दिन अगाडीदेखी त्यो ठाँउ धाएका हुन् । रन्थनिएर धुरुधुरु रुन्छन् उनी ।
यता खाना खान पाइन्छ भन्ने थाहा पाएपछि आएको शिवको गह भरिएर आयो । श्रीमती पहिलेदेखि नै सुक्कसुक्क गर्दैथिईन् । राहत वितरण गरिरहेको संस्थाले शिव र उनको परिवारलाई अपाङ्गता भएका व्यतmी भनेर राहत पनि दिएका रहेछन् । गाउँमा भएको अलिअलि जमीनमा खेति गरेर पेट पाल्न त सकिन्थ्यो । श्रीमानको उपचार भनेर काठमाडौं आयौँ भोकले नै लैजाला जस्तो छ । रोगसँग लड्नु कि भोकभोकै मर्नु ? अध्यारो अनुहार लगाएकी सुमीत्रादेवी प्रश्न गर्छिन् ।

धेरै दिन पछि पेटभरी खान पाएर होला शिवका छोरा छोरीको अनुहारमा सन्तुष्टि झल्किन्छ । मान्छे नै मान्छेदेखी डराएर छेउ नपरी परपरै गर्ने समयमा पनि आफ्नो ज्यानको जोखिम मोलेर हामीजस्तो दुखीहरुको सेवामा खट्ने उहाँहरु जस्तो मनकारी भगवान नै त हुन् नि उनी कृतज्ञ सुनिन्छिन् ।

बेला बेला चेकअपको लागी शिवलाई पनि जानु पर्छ तर निषेधाज्ञाको कारणले नै जान पाएका छैनन् । उनलाई यो पनि पिर छ, समयमा फलोअपको लागी नजाँदा पछि झन् धेरै समस्या त आउने हैन ? तर के गर्नु बाध्यता अहिले श्वास अल्झाउन गाह्रो भएको बेलामा अस्पताल त कसरी जानु ? अप्रेशन गरेकै ऋण तिरेको छैन बाँकी पैसा कहाँबाट ल्याएर अस्पताल जानु ? उनी फेरी भक्कानिन्छन् । निषेधाज्ञा नहँुदा त श्रीमतीले अरुको घरमा काम गर्न भर्खर थालेकी थिइन् बिहान बेलुकाको छाक बल्लबल्ल टर्थ्यो । उनको काम नभएको पनि अब डेढ महिना भयो । थोरै थोरै खाँदा पनि निषेधाज्ञाको १५ दिन नबित्दै कोठामा सामान सकियो । पेटभरी खाना नखाएको धेरै भएको थियो । ३ दिनदेखी १ छाक पेटभरी खाना खान पाएका छौँ । उनले पटक पटक मनकारीहरुको नाम लिइरहेका थिए ।

No description available.

कोठा भाडा ४ हजार छ । अहिले तिर्ने अवस्था छैन । घरबेटीले अहिले त मागेका छैनन् तर मागे भने कहाँबाट ल्याएर तिर्ने हो थाहा छैन । उनी श्रीमतीतर्फ हेरेर भन्छन्, कोरोना संक्रमणका कारण मरिने पो हो की भन्ने डर त लाग्छ । तर के गर्नु भोकले मर्नु भन्दा बरु रोग लागे पनि लागोस् भनेर आउने गर्छौ ।

वर्षात्को समय आकाश फेरि अध्यारो हुँदैछ । सीमसीम पानी पर्न थालेपछि शिव आफ्नो बैशाखी टेकेर श्रीमती र छोरा छोरीलाई लिएर आफ्नो डेरातर्फ लागे ।

श्री कृष्ण प्रणामी समाज र नवदुर्गा पार्टी प्यालेसको समन्वयमा निषेधाज्ञाको शुरुदेखी नै निरन्तर भोजन सेवा गराउँदै आएको श्री कृष्ण प्रणामी युवा नेपाल संस्थाका अध्यक्ष मात्रिका प्याकुरेल र नवदुर्गा पार्टी प्यालेसका संचालक रुपक बानियाँको अगुवाइमा निषेधाज्ञाको कारण भोकभोकै रहेका, अप्ठेरो परेका मानिसहरुलाई सेवा दिईदै आएको छ । उनीहरुले १३० जना कोरोना संक्रमितलाई नवदुर्गा पार्टी प्यालेसमा आइसोलेसनको रुपमा ४ महिनासम्म राखेका थिए ।

उनीहरुले बिगत ८ महिना देखी नै माहामारीको कारणले पिडामा परेका पिडितहरुलाई सेवा दिँदै आइरहेका छन् । उनीहरुले दिनहुँ २५० देखि ३०० को हाराहारीमा यस महामारीमा पिडितहरुलाई खाना खुवाई रहेका छन् । जता पिडितहरु धेरै छन् त्यही ठाँउमा पायक पर्ने गरी खाना खुवाउँदै आएको छौँ । र बाँकी रहेको खानेकुरा सवारीसाधनमा राखेर हिँड्ने र बाटोमा भेटीएका, दुख पाएका, हिँडडुल गर्न नसक्ने व्यक्तिलाई बाँडिदिने गरेको छौँ । प्याकुरेलले भने ।

No description available.

उनीहरुले विशेष गरी नियमीत ज्यालादारी, भरीयाहरु, अलपत्र परेका यात्रुहरु, हस्पीटलका कुरुवाहरु खाना खुवाउँदै आएका छन् । सेवा अपेक्षित मानिसहरुलाई सेवा निरन्तर दिने गरेको उनले बताए ।

‘लकडाउनको अवधिभरी यो सेवालाई निरन्तरता दिने प्रतिबद्वता गर्नेछौ । भोका मान्छेलाई खाना खुवाउने काम अवस्था सामान्य नभएसम्म निरन्तर रहनेछ । अपाङ्गता भएका व्यक्तीहरुलाई घर घरमा राशन पुर्‍याइदिने काम पनि गर्दै आएका छौँ । करिब १० वटा विपन्न परीवारलाई दाल, चामल, नुन, सागसब्जी वितरण गर्दैछौ । कलंकी, सीतापाइला, ललितपुर, भक्तपुर मा पनि सेवा दिने साथीहरु भोलेन्टीयरको रुपमा राखेका छौँ आवश्यक्ता अनुसार राहत बाँडीरहेका छौ ।’ उनले भने ।

लेखकबाट थप:

शङ्कर दासकोटी दोहोर्‍याईरहन्छन् : ‘विजोग भो, बर्बाद भो १’

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ’

विदेशमा बगाएको पसिनाले देखेको सपना : निषेधाज्ञाले बेचैन छन् आर्यन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?