काठमाडौं । मोरङको मिक्लाजुङ-१ रमितेखोलास्थित बर्खे गाउँका राजेन्द्र श्रेष्ठको हत्या भएको एक साता पूरा भइसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ताले गत मङ्सिर २३ गते मंगलवार बिहान सवा ६ बजेतिर प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्खेस्थित घरैबाट उठाएर लगि हत्या गरेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा विभत्स अवस्थामा उनको शव परिवार र गाँउलेले फेला पारेका थिए ।

श्रेष्ठको शव बुधवार दिउँसो पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । जंगलमा लगी घाँटी रेटी हत्या गरेका श्रेष्ठको २५ मङ्सिर बिहीवार अन्त्येष्टि गरिएको थियो ।
तर, घटनाको १ हप्ता बितिसक्दा पनि शिक्षक श्रेष्ठको पोष्टमार्टमको रिपोर्ट आएको छैन । रिपोर्ट आउन अझै १-२ दिन लाग्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी मान बहादुर राईले लोकपथलाई जानकारी दिए । प्रहरीले विप्लव समूहका कार्यकर्ताले अपहरण गरेको र हत्या गरेको बाहेक कुनै पनि ‘क्ल्यू’ भेटेको छैन । ‘सर्च अपरेशन’ जारी छ । डिएसपी राईले बताए ।

डिएसपी राईका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर ‘सर्च अपरेशन’ जारी राखिएको छ ।
साथै श्रेष्ठको हत्यापछि मिक्लाजुङका स्थानियहरु त्रासमा रहेका कारण मिक्लाजुङमा प्रहरी बिट खोल्ने बारे जिल्ला सुरक्षा समितिले छलफल गरेको डिएसपी राईले जानकारी दिए ।
स्थानीयहरुले श्रेष्ठलाई शहिद घोषण गर्नुपर्ने माग राख्दै विरोध गरेका थिए ।
घटना भएको दिन :
विप्लव समूहका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई घरबाट उठाएर लगेपछि परिवारले प्रहरीलाई खबर गर्यो । तर, घटनास्थल निकै टाढा भएका कारण प्रहरी घटना स्थलमा पुग्न समय लाग्यो । जिल्ला प्रहरी कार्यलय मोरङबाट घटनास्थल करिब ८५ किमि को दूरीमा रहेको र मोटरबाटो छोडेर पनि घटनास्थल पुग्न ३ घण्टा लाग्ने भएकाले ढिलो भएको प्रहरीको भनाइ छ ।

५४ वर्षीय श्रेष्ठ सेवाबाट रिटायर्ड हुन लागेका र विप्लव समूहले पहिलेदेखि नै निशाना बनाइरहेको पारिवारिक स्रोतले बताए । श्रेष्ठमाथि विप्लव समूहले आफ्ना सूचना बाहिर लगेको आरोप लगाएका थिए । श्रेष्ठका एक श्रीमती र एक छोरा छन् ।
घटना बारे छानबिन गर्न गृहमन्त्रीले बोलाए सुरक्षा बैठक :
गृहमन्त्री रामबहादुर थापाले बुधवार मन्त्रालयमा चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई बोलाएका थिए ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

घटनापछि बसेको बैठकमा गृहमन्त्री थापाले विप्लव समूहको गतिविधिमा थप आक्रामक कारबाही गर्न निर्देशन दिएका थिए ।
हत्या स्वीकार गरेको विप्लब समूहको यस्तो विज्ञप्ती :
विप्लव समूहले हत्याका लागि विभिन्न ४ कारणहरु देखाएको छ । पार्टीका इन्चार्ज प्रतापको नामबाट मंगलवार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दाबी गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका-१ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।
शिक्षक हत्यामा संलग्नमाथि कारबाही माग :
नागरिकले बाँच्न पाउने र न्याय पाउने अधिकारको रक्षाको माग गर्दै, पछिल्लो समय शिक्षकहरुमाथि भएको घटनाप्रति रंगकर्माीहरुले एकजुट भएर आवाज उठाएका छन् । रंगकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै, विप्लवका कार्यकर्ताहरुद्वारा मोरङ(मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
यस्तो छ विज्ञप्ति :

यस घटनाबारे लोकपथमा यसअघि प्रकाशित समाचार पढ्नु भएको थियो ?
ब्रेकिङ : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या !
अपडेट : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या, अपहरण गरी घरबाटै लगेका थिए !
घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएका शिक्षकको शव विराटनगर लगिँदै
शिक्षकको निर्मम हत्या गरेको विप्लव समूहले विज्ञप्ती निकालेर लेख्यो हत्याको ४ कारण (विज्ञप्तीसहित)
विप्लव समूहद्वारा हत्या गरिएका श्रेष्ठको शव पोष्टमार्टमका लागि लगियो
विप्लव समूहले हत्या गरेका मिक्लाजुङका शिक्षकको अन्त्येष्टि आज
शिक्षक हत्या प्रकरण: पहिल्यैदेखि थिए विप्लव समूहको ‘टार्गेट’, प्रहरीले शुरु गर्यो ‘सर्च अपरेशन’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया