एक महिनामा ६४ हजारभन्दा बढी भक्तजनले गरे पाथीभराको दर्शन

लोकपथ
0
Shares

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक महिनामै ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना भक्तजनले मन्दिरको दर्शन गरेका हुन् ।

शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । यो पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले उक्त जानकारी दिएका हुन् ।

यसअघि कात्तिक १७ गते पनि १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा बढी भक्तजन मन्दिर पुगेका हुन् ।

समितिका अनुसार असोजमा ११ हजार ९३०, भदौमा ६ हजार १२३ र साउनमा २ हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।

पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने गर्छ । स्वदेश तथा विदेशबाट गरी वार्षिक तीन लाखभन्दा बढी भक्तजन पाथीभरा दर्शनका लागि पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?