काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित जंगलमा घाँटी रेटी विप्लव समूहले हत्या गरेका शिक्षकको शव पोष्टकमार्टमका लागि विराटनगर लगिँदैछ ।
सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई आज मंगलबार विहान ६ बजेतिर ४ /५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर जंगलतर्फ लगेका थिए ।
स्थानीयले गोली चलेको आवाज पनि सुनेको भनेतापनि उनको शव हात बाँधीएको र घाँटी रेटी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
घरबाट मोरङका एसपी सन्तोष खड्काले लोकपथलाई दिएको जानकारी अनुसार ‘हत्याको कारण अझै खुलेको छैन । राजनितीक अथवा आपराधीक कारण जे पनि हुनसक्छ । ’
शिक्षक श्रेष्ठसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको उनको परिवारले बताएको छ भने छिमेकीले उनी विप्लव समुहको ‘टार्गेट’ मा रहेको हल्ला सुनेको बताएका छन् ।
हत्या भएका शिक्षक मिलनसार र समाजसेवी भएका कारण विभत्स हत्याको घटनाले गाउँ शोकमा डुबेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया