अपडेट : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या, अपहरण गरी घरबाटै लगेका थिए !

काठमाडौं – विप्लव समूहद्वारा मोरङमा एकजना शिक्षकको गोली हानी हत्या भएको छ ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार केहिबेरअघि शिक्षकको हत्या भएको हो ।

लोकपथलाई प्राप्त जानकारी अनुसार बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारी, ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुखले जानकारी दिए ।

उनका अनुसार निक्लाजुङ वडा नम्बर १ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको खबर आएपछि प्रहरी टोली परिचालन गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।

यो पनि : ब्रेकिङ : विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?