काठमाडौं – विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या भएको छ ।
मिक्लाजुङ वडा नम्बर १ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो ।
लोकपथलाई प्राप्त जानकारी अनुसार बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
उनी प्रधानाध्यपक रहेको बुझिएको छ ।
थप जानकारी आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया