प्रतिनिधि सभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सभामुखले प्रश्तावको पक्ष र विपक्षमा मत माग गर्दा विपक्षमा कुनै आवाज नसुनिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुखले घोषणा गरेका हुन् ।

सभामुख अर्यालले बैठकमा भने, ‘विपक्षमा ’हुन्न’ भन्ने आवाज नसुनिएकाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?