प्रतिनिधीसभामा आरोप प्रत्यारोप : पूर्व गृहमन्त्री रुकुमका दोषीलाई उन्मुक्ति दिने लागेको सांसदहरुको आरोप

काठमाडौं – सांसदहरुले रुकुम चौरजहारीको घटनामा पूर्व गृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरिरहे तर केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो ।

विपक्षी सांसद लगायत दलित सांसदहरुले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुदै उनले भने “सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ती गर्नु कुन नियमावलिमा छ सभामुख महोदय म बोल्न नपाउनु मेरो बोल्न पाउने अधिकारको हनन नगरियोस् । म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दा बोल्दै आपत्ती गरेको कुरामा मेरो पनि आपत्ती छ ।’’

सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए ।

सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पूर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्न लाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।

यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका थिए । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले मुलुकलकै इतिहासमा त्रासदीपुर्ण र कहालीलाग्दो जातिय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानविन गरी मृतकका परिवारलाई राहतको व्यवस्थागर्न माग गरे ।

सांसद पार्वति कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातिय विभेदको वर्वरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रेमलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो भनी प्रश्न गरे । उनले “अन्र्तरजातिय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय” भनी प्रश्न गरे। उनले भने “अन्र्तरजातिय प्रेम गर्नुको सजाय भनेको मारिनु हो सभामुख महोदय ” उनले घटनाको सत्य तथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरे ।

सांसद रेणु कुमारी गुरुङले घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?