कांग्रेस संसदीय दलको बैठक आज बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनतासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, मुलुकमा भइरहेका पछिल्ला राजनीतिक घटनाक्रम र आगामी दिनमा संसद्मा पार्टीले अपनाउने रणनीतिबारे पनि बैठकमा छलफल हुनेछ ।

प्राकृतिक विपद्का घटना तथा विपद्बाट प्रभावित नागरिकका तत्कालीन समस्याबारे पनि बैठकमा समीक्षा हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?