काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त पैसा (तरलता) व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ संकलन गर्दैछ ।
राष्ट्र बैंकले ८६ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यसका लागि आज भदौ १५ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । संकलन गरिएको रकमको साँवा र ब्याज २०८३ मंसिर ९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकममा अधिकतम २० अर्ब रुपैयाँसम्म सहभागी हुन सकिनेछ ।
यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बैंकहरूले आफूले जम्मा गर्न चाहेको रकम र त्यसमा चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
राष्ट्र बैंकले बोलपत्र छनोट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिनेछ । बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी पैसा भएपछि राष्ट्र बैंकले निक्षेप संकलन गरेर अतिरिक्त तरलता घटाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया