चिलिमे र अपर त्रिशूली–१ को टनेलमा तीन शव भेटिए

लोकपथ
1k
Shares
फाइल तस्बिर

काठमाडौं । खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलबाट तीनजनाको शव भेटिएको छ ।

नेपाली सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट दुईवटा शव भेटिएका छन् । विदेशी विज्ञसहितको संयुक्त टोलीले टनेलभित्र करिब १०० मिटर प्रवेश गरेर खोजी गर्दा हिलोमाटोले पुरिएको अवस्थामा शव फेला पारेको हो ।

यस्तै, अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा पनि खोजी गरिएको थियो । उद्धार टोली करिब ३०० मिटरभित्र प्रवेश गरी खोजी गर्दा एउटा शव भेटिएको सेनाले जनाएको छ ।

टनेलमा फसेका तथा बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?