जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोजी तथा उद्धार कसरी हुँदैछ ?

लोकपथ
119
Shares

काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी राखेको छ । खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका विज्ञहरू पनि सहभागी छन् ।

नेपाली सेनाका अनुसार त्रिशूली–३ए आयोजनाको टनेलमा सोमबार राति करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । टनेलभित्र रहेका पानी, हिलो र लेदो हटाउन दुईवटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर काम भइरहेको छ ।

त्यस्तै, त्रिशूली–३बी आयोजनाको टनेलमा पनि विदेशी विज्ञसहितको टोलीले खोजी गरिरहेको छ ।

चिलिमे हाइड्रोको टनेलमा करिब १०० मिटरभित्र पुगेर खोजी गर्दा टनेलको थप भाग हिलो र माटोले पुरिएको भेटिएको सेनाले जनाएको छ । त्यहाँबाट दुईवटा शव निकालिएको छ ।

अपर त्रिशूली–१ आयोजनाको टनेलमा टोली करिब ३०० मिटरसम्म पुगेको छ । त्यहाँबाट एक शव फेला पारिएको सेनाले जनाएको छ ।

लाङटाङ आयोजनाको टनेलमा पनि उद्धार टोली प्रवेश गरेर सर्च लाइटको प्रयोग गर्दै खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?